काठमाडौँ: ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा व्यावसायिक ऋण उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो।
आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघका तर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । Click the link https://ekagaj.com/category/corporate/ to read the full article.
Source: ekagaj.com