Shankharapur Municipality, Office of Municipal Executive, Sankhu, Kathmandu, Province No. 3

५७  बर्ग किलो मिटरमा फैलिएको यस न.पा.को २०६८ सालको जनगणना अनुसार जम्मा जनसंख्या २८,८७५ रहेका छ । यसमा बिभिन्न सास्कृतिक धार्मिक धर्मावलम्वीहरु तथा मिश्रित जात जाति जनजातिको वासोवास रहेको छ । यसको सिमा उत्तरमा सिन्धुपाल्चोक÷नुवाकोट जिल्ला पर्दछ भने दक्षिण भक्तपुर÷नगरकोट चागुनारायण पर्दछ । पूर्बमा सिन्धुपाल्चोक काभ्रे र भक्तपुर संगम स्थल पर्छ, पश्चिममा कागेश्वरी मनहरा नगरपालिका पर्दछ । राजधानी बाट करिब १७ किलोमिटर उत्तर पूर्वमा अवस्थित शंखरापुर (साँखु) शहर वा सक्व दे ऐतिहासिक एवं पौराणिक शहर हो । कलिगत सम्बत १८०१ अर्थात ३३ सय बर्ष अगाडि राजा शंखदेवले माता श्री बज्रयोगिनीको निर्देशनमा सात गाउँ मिलाएर हजार घर त्यसमा चाहिने बगैचा, खुला क्षेत्र, चोक, ननी, मन्दिर इनार, धारा, पोखरी आदी राखी दाहिने शंखाकारमा निर्माण गरेका कारण यसलाई शंखरापुर भनिएको हो ।

2025 All Rights with Rolling Nexus