पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रुपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । देशको संघीय पुर्नसंरचना अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदिखोला गाउँपालिका घोषणा गरिएको हो । ५ वटा वडा रहेको गाउँपालिकाको कुल क्षेत्रफल ५६.७३ रहेको छ । व्यापक जनसंघर्षपछि स्थानीय आवश्यकताको महसुस अनुसार यो गाउँपालिका स्थापना भएको हो । प्राकृतिक, साँस्कृतिक एवम् जैविक बिबिधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पन्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रुपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ । रामकोट, बाँगेफड्केमा सञ्चालित होमस्टेले ग्रामीण साँस्कृतिक परिवेशलाई जीवन्तता दिएको छ भने साँस्कृतिक पर्यटनमा महत्वपूर्ण टेवा पु¥याएको छ । निकट भविष्यमा सञ्चालन हुने बन्जीजम्फिङ तथा टे«किङका नयाँ रुटहरुले पर्यटनमा थप उत्साह सृजना गर्नेछ । उत्तरी भागमा कास्की जिल्ला , दक्षिण क्षेत्रमा पुतलीबजार नगरपालिका र पश्चिममाआँधीखोला गाउँपालिका पर्दछन् ।

2024 All Rights with Rolling Nexus