मिथिला बिहारी नगरपालिका
१.१ संक्षिप्त परिचय नेपाल अधिराज्यको मध्यमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको छौ वटा जिल्लाहरु मध्येको एक दक्षिण भारत तर्फ सिमाना जोडिएको धनुषा जिल्लाका १८ बटा स्थानीय तह मध्ये मध्य भागमा पर्ने साविकको ६ वटा गांउ बिकास समितिहरु - न. पा. का भूतही पर्टेवा, मिथिलेश्वर निकास, अन्दुपट्टी, तारापट्टी, सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौल समाबेस गरी २ नं. प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये मिथिला बिहारी गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो ।  भौगोलिक रुपमा तराई को सुगम क्षेत्रमा अबस्थित रहेपनि मानव बिकास सुचनाङ्क तथा बिकासको दृष्टीमा पुछारमा रहेको घना बस्ती भएको मिथिला राज्यको ऐतिहासिक परिक्रमा मेला मुख्य दुईवटा (डोला) लगायतका घुम्ती शिबिर मध्ये मिथिला बिहारी भगवानको नामबाट स्थापित रहेको छ । हिन्दु धर्मको पबित्र स्थान सितामाताको अर्थात भगवान रामको ससुराली पहिचान बोकेको जनकपुर नगरी भएकोले यसले मिथिला बिहारीलाई थप पृथक पहिचान दिएको छ । धार्मिक दृष्टीले ऐतिहासिक रहेको मिथिला बिहारी (राम भगवानको) नामबाट मिथिला बिहारी भनी यस स्थानिय तहको नामाकरण गरिएको हो । मिति एक २०७४।०२ । ११ गते राजपत्रमा प्रकाशन गरी मिथिला बिहारी गा.पा. लाई नगरपालिकामा स्तरोन्नती गरियो तर लागु हुन सकेन । सर्बोच्च अदालतको अन्तरिम आदेश मिति २०७४।०५ । २७ मा जारी मिथिला बिहारी गाउ“पालिकालाई नगरपालिकामा परिणत भयो ।

2025 All Rights with Rolling Nexus