नेपालको संविधानले परिकल्पना गरेअनुरुपका तीन तहका राज्य संरचना मध्ये प्रदेश तहको सुदूरपश्चिम प्रदेशमा पर्ने सामाजिक विकास मन्त्रालय समाजिक क्षेत्रसंग प्रत्यक्ष एवम परोक्ष सरोकार राख्ने महत्वपूर्ण मन्त्रालय हो । नेपालको संविधानको धारा १६८ मा रहेको प्रदेश मन्त्रिपरिषद्को गठन सम्बन्धि व्यवस्था अनुरुप प्रदेश मन्त्रिहरुका कामकारवाही संचालन गर्न मन्त्रालय गठन हुने क्रममा मिति 2074/10/28 गते यो मन्त्रालय स्थापना भई निरन्तर संचालनमा रहेको छ ।