नेपालको ५ नं. प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि.मी. उत्तर पूर्वमा अवथिस्त छ र पूर्व पश्चिम राजमार्ग यस नगरपालिका बीच हुँदै गरुको छ ।पूर्वमा सल्यानको काप्रेचौर, मानखोला (बाँके ), पश्चिममा ग्याङ नदी (बार बर्दिया नगरपालिका), उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा बढैया ताल गाउँपालिका सँग यो नगरपालिका जोडिएको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य बिष्तृत विवरण देहाय अनुसार रहेको छ । नगरपालिकाको क्षेत्रफल २०६ वर्ग कि.मी.रहेको छ भने अक्षांश २८ड्ढ १३’ उत्तर देखि २८ड्ढ २४’ उत्तर सम्म, देशान्तर ८१ड्ढ २५’ पूर्व देखि ८१ड्ढ ४६’ पूर्व सम्म रहेको छ ।

2024 All Rights with Rolling Nexus