Purbakhola Rural Municipality, Office of Rural Municipal Executive, Palpa, Province No. 5

देवीनगर देखी जल्पा बिरकोट रिङ्गनेरह हुँदै पूर्वतिर बगेको खोलाको नामबाट रहन गएको "पूर्वखोला गाउँपालिका " पनि नेपालको एक गाउँपालिका हो । साबिकका ६ वटा गा. वि. स . लाई मिलाएर एक पूर्वखोला गाउँपालिका बनाइएको हो । पूर्वखोला गाउँपालिका डाडाकाँडाले घेरिएको छ ।पूर्वखोला गाउँपालिका १३८.०५ बर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ ।यस गाउँपालिकाको जनसख्या १९५८९ रहेको छ ।यस गाउँपालिकाको केन्द्र साबिक रिङ्गनेरह गा .वि. स. को कार्यलयमा रहेको छ ।पूर्वखोला गाउँपालिका पूर्ण खोप , पूर्ण साक्षर साथै खुल्ला दिसा मुक्त भएको गाउँपालिका हो । सामुदायिक र निजी गरी ४२ वटा शिक्षण संस्था भएको यसको सबै वडामा मा. वि. सन्चालित छन् । पाल्पाको उच्च स्थलमा रहेको "हात्तीलेक" यस गाउँपालिकाअन्तर्गत पर्दछ । यहाँको भुभाग पहाडै पहाडले घेरिएको छ । यस गाउँपालिकामा मगर जातिको बाहुल्यता रहेको छ र केहि मात्रामा ब्राहमन , क्षेत्री र दलितहरुको बसोबस रहेको पाइन्छ । यहाँका मानिसहरु एक-आपसमा मिलिजुली आफ्नो-आफ्नो रितिरिवाज मान्दै धर्म कर्ममा रमाएका छन् । यहाँको धार्मिक स्थलहरुमा सिलुवाको चुरेबराजु ,जल्पाको जल्पादेवी , रिङ्गनेरहको शिव मन्दिर्,देवीनगरको भानुमाता देवी ,बिरकोटको अकला देवी र हेकलाङको बाराहा देवी जस्ता धार्मिक स्थलहरु रहेका छन् । सिलुवाको तामाखानी गाँउमा तामाको खानी रहेको विस्वास गरिन्छ र हात्तीलेकमा धेरै कुराको सम्भावित खानिहरु रहेको जानकारीमा आएको छ ।

2024 All Rights with Rolling Nexus