कर्णाली प्रदेश अन्तर्गत् पर्ने कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हाे । भाैगाेलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालकाे इतिहासमा जुम्ला जिल्लाकाे आफनै महत्वपुर्णा महिचान रहेकाे छ । नेपालकाे एकिकरणा हुनु पुर्व वाइसी राज्यहरूकाे मुख्य केन्द्रकाे रूपमा रहेकाे जुम्ला नेपाली भाषा र संस्कृतिकाे उदगम स्थल हाे । मध्यकालिन युगमा जुम्ला एक समृद्र एवं शत्तिशाली राज्यकाे रूपमा रहेकाे तथ्य इतिहास अध्यनबाट प्रस्ट हुन्छ । यस जिल्लाकाे सदरमुकाम रहेकाे खलंगामा सबभन्दा पहिले प्रfचीन कालमा भारतबाट अाएका चन्दननाथ बाबा सहित दुर्इजना ब्रम्हचारीहरूले वस्ती बसार्इ कृषि र शिक्षााकाे प्रचार प्रसार गरेका थिए भन्ने लाेकाेत्ति रहेकाे पार्इनछ । यातायात, संचार र अाधुनिकिकरणकाे दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलाे हिमाली चुचुराहरू, तालहरू र मनमाेहक अनगिन्ती प्राकृतिक नदीहरूले सिँगारिएकाे जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिकाे धनी जिल्ला मान्न्न सकिन्छ । यस जिल्लाकाे सिंजा भेगमा पर्ने हिमा गाउँपालिका प्रfकृतिक सम्पदाकाे रूपमा धनी गाउँपालीका मानिन्छ  । सिंजा क्षेत्र नेपाली भाषा र संस्कृतिकाे उदगम स्थानकाे रूपमा नेपाली इतिहांसमा प्रख्यात छ । यस प्रकारकाे एेतिहांसिक महत्व बाेकेकाे सींजा क्षेत्र भित्रकाे एक विशेष महत्व बाेकेकाे भाषिक, सांस्कृतिक, पर्यटकीय रूपले धनी हिमा गाउँपालिका हाे । नेपाल सरकारकाे निर्णयले नेपाल  राजपत्रमा मिति २०७३/१/२७ काे प्रकासित सुचना अनुरूप स्थानीय तहकाे गठन भर्इ यस हिमा गाउँपालिकाकाे गठन भएकाेहाे  । साविकका बड्की, कालिकाखेतु  र महावैपाथरखाेला गाविस समाहित भर्इ हिमा गाउँपालिकाकाे गठन भएकाे छ । 

2024 All Rights with Rolling Nexus