Mahila Prayas Saving & Credit Cooperative Ltd.

मिति २०५५ बैशाख १९ गते सृजनात्मक महिला बाताबरण बिकास संस्थाको अध्यक्ष सुश्री सुभद्रा गुरुड.को सहयोग तथा संयोजकत्वमा धुम्बाराहि वडा नं ४का महिला दिदि बहिनीहरु २२ जना भेला भई सहकारी संस्था स्थापना गर्ने निर्णय गरिएको थियो ।मिति २०५५ बैशाख २० गतेको दोस्रो भेलाबाट संस्थाको नामाकरण गरि तर्दथ संचालक समिति श्रीमति जमुना श्रेष्ठको अध्यक्षतामा गठन गरि समुहगत रुपमा मासिक बचत गर्ने अभिप्रायले मिति २०५५ जेष्ठ १५ गते डिभिजन सहकारी कार्यालयमा दर्ता ३१८ कायम भई संस्थाको उद्धेश्य अनुरुप आयमुलक कार्यमा ऋण लगानी गर्ने निर्णय गरिएको थियो र संस्थाले आफ्ना सदस्यहरुको आयमुलक तथा सिपमुलक कार्यलाई अगाडि बढाउने क्रममा शुरुमा २ वटा मेशिन बाट महिला हरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने लक्ष राखि अगाडि बढेको थियो ।

2024 All Rights with Rolling Nexus