सुधारवादी शासकको रुपमा चिनिएका श्री ३ देवशम्शेरले प्रकाशन प्रारम्भ गरेको ‘गोर्खापत्र’ साप्ताहिकको रुपमा पहिलो पटक वि. सं. १९५८ सालको वैशाख २४ गते प्रकाशित भएपछि नेपाली पत्रकारिताको जग बस्न पुग्यो । त्यसो त वि. सं. १९५५ मा प्रकाशित भनिएको ‘सुधासागर’ लाई आधार मान्ने हो भने पनि साहित्यिक पत्रिकाको रुपमा निस्किएको सुधासागरभन्दा तीन वर्ष कान्छो भए पनि गोर्खापत्र पत्रकारिता जगतमा नेपालमा पहिलोको रुपमै दरिन पुगेको छ ।

2021 All Rights with Rolling Nexus