गुठिचौर गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने गुठिचौर गाउँपालिका साविकका  देपालगाउँ , गोठिचौर र गज्र्यानकोट  गरी ३ गा.वि.स. हरु समावेश भएका छन्। ४२७ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस गुठिचौर गाउँपालिका जनसंख्या २०६८ को जनगणना अनुसार ११३४५ र  कुल घरपरिवार २२५५  रहेको छ। यस गाउँपालिकाको पूर्वमा  डोल्पा जिल्ला, पश्चिममा तातोपानी  गाउँपालिका र चन्दननाथ नगरपालिका , उत्तरमा  पातारासी गाउँपालिका र  दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस गोठीचौर गाउँपालिकाको केन्द्र साविक गोठीचौर  गा.वि.स. को अस्थाई कार्यालय  तोकिएको छ।

स्थानीय तहको निर्वाचन ( २०७४ बैसाख ३१ गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ ।   ५ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।

2024 All Rights with Rolling Nexus