Province Government, Ministry of Physical Infrastructure Development, Water Supply and Sanitation Division Office, Gorkha, Gandaki Province

ऐतिहासिक प्रदेश सभाको २०७४ मंसिर २१ गते सम्पन्न भएको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो | नेपालको संविधानले व्यवस्था गरे अनुसार प्रदेश स्तरका उर्जा, विद्युत, सिचाई, खानेपानी, जल उत्पन्न प्रकोप व्यवस्थापन , प्रदेश लोकमार्ग तथा यातायात, प्रदेश स्तरका कार्यालयहरुको भौतिक व्यवस्था र निर्माण, संचालन, मर्मत संभार लगायतका विषयहरुको लागी आवश्यक नीति, कानुन, गुरुयोजना, योजना, मापदण्ड तयारी गर्ने कार्य यस मन्त्रालयबाट सम्पादित हुनेछ |

2024 All Rights with Rolling Nexus