आमाछोदिङमो गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
गोल्जुङबेसी, रसुवा
बागमती प्रदेश, नेपाल
सूचना प्रविधि अधिकत करारमा पुर्ति गर्ने सम्बन्धी सचना
प्रथम पटक प्रकाशित मिति २०७७/५/२३
यस गाउँपालिकामा रिक्त रहेको सूचना प्रविधि अधिकृत पदमा करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको भौचर सहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ ।
- आवश्यक न्यूनतम् योग्यता र अनुभव
क. मान्यताप्राप्त शिक्षणसंस्थाबाट Computerवा Information and communication echnologies वा सो सरहको विषयहरु मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIM, ___BBIS, BCA, BCIS, BEIT, BSc.IT, Bsc. CSIT) तह उत्तीर्ण भएको।
ख. अनुभव र सीप: कम्तीमा १ वर्ष स्थानीय तहमा काम गरेकोलाई विशेष ग्राह्यता दिइनेछ।
ग. उमेरः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको। - दरखास्त दिने तरिकाः उमेदवारले दरखास्त दिने अन्तिम मिति भित्र आमाछोदिङमो गाउँपालिकाको कुमारी बैंक लिमिटेड आमाछोदिङबो शाखामा रहेको AMACHHODINGMOANTARIK RAJASWO KHATA GA 1.1 आन्तरिक राजस्व खाता ग १.१ खाता नं. ०८०००३९७२८१००००७ मा रु.१०००/- (एक हजार रुपैयाँ) जम्मा गरेको भौचर सहित स्वयं कार्यालयमा उपस्थित भई वा लोकसेवा आयोगको वेवसाइटबाट राजपत्राङ्कित तृतिय श्रेणीको फाराम डाउनलोड गरी दरखास्त फाराम भरी माग गरे बमोजिमका सम्पूर्ण कागजातहरु स्क्यान गरेर आमाछोदिङमो गाउँपालिकाको e-mail ठेगानाः [email protected] मा पठाउन सक्नेछन् ।
- दरखास्त दिने अन्तिम मितिः २०७७ असोज ६ गतेको कार्यालय समय भित्र । म्याद नाघेर प्राप्त हुने निवेदन उपर कुनै कारवाही हुने छैन ।
- छनौटको किसिमः प्रारम्भिक योग्यता क्रमको सूची प्रकाशन र अन्तरवार्ता ।
Applying Procedure
- आवेदन साथ संलग्न कागजातहरु: आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिमको कागजातको प्रतिलिपिहरु :
नेपाली नागरिकताको प्रमाणपत्र ।
न्युनतम् योग्यताको लब्धाङ्क प्रमाणपत्र ।
चारित्रिक प्रमाणपत्र।
अनुभव खुल्ने कागजात ।
२ प्रति पासपोर्ट साइजको रङ्गीन फोटो। - सेवा सुविधाः नेपाल सरकारको प्रचलित नियमानुसार सूचना प्रविधि अधिकृतले पाउने सेवा सुविधा ।
- पदले सम्पादित गर्नु पर्ने कार्य विवरणः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेको TOR बमोजिमका कार्य गर्नु पर्नेछ।
नोटः प्रारम्भिक योग्यता क्रमको सूचीमा नाम प्रकाशित भएका उम्मेदवारले अन्तरवार्तामा उपस्थित हुँदा आफुले पेश गरेको सम्पूर्ण कागजातको सक्कलै प्रति अनिवार्य लिई आउनु पर्नेछ।
प्रमुख प्रशासकीय अधिकृत