जानको गाउँपालिका
गाउँ कार्यपारलिकाको कार्यालय
ढुर्गौली, कैलाली
सुढूरपरिचत-प्रढेश, नेपाल
(प्रथम पटक प्रकाशित मिति :- २०७७।०६।१६)
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७७०७५ च.नं./फल/र३
मिति २०७७।०४।१२ को पत्रानुसार यस जानकी गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक
सहायक पद करारमा पदपूर्तिका लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ (पन्ध्र) दिनभित्र माग
बमोजिमका विवरण र राजश्व तिरेको सक्कल रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।
आवश्यक न्यूनतम योग्यता र अनुभव :-
सिभिल इन्जिनियरिङमा प॒विणता प॒माण-पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको
अनुभव र सीप : प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ :
कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सिप भएको ।
पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण, अन्तिम लागत विवरण तयार गर्न
सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक
सम्वन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको ।
उमेर : १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको ।
दरखास्त दिने स्थान :- जानकी गाउँ कार्यपालिकाको कार्यालय, दुगौंली, कैलाली ।
दरखास्त दिने अन्तिम मिति :- २०७७।०६।३० गते कार्यालय समय भित्र ।
आवेदनको दस्तुर :- रु.४००।- (अक्षेरुपी चार सय मात्र ।)
जानकी गाउँपालिकाको दुर्गौली स्थित सिभिल बैंकमा रहेको आन्तरिक राजस्व खाता नम्बर ०६५१०२०७२९३०%३
मा उल्लेखित आवेदन दस्तुर दाखिला गर्नु पर्नेछ ।
छनौटको किसिम :- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा ।
आवेदन साथ संलग्न कागजातहरु :- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु
नेपाली नागरिकताको प्रमाण-पत्र
न्यूनतम शैक्षिक योग्यताको लब्धांक प्रमाण-पत्र
चारित्रिक प्रमाण-पत्र
अनुभव खुल्ने कागजात
२ प्रति पासपोर्ट आकारको फोटो
सेवा सुविधा :- गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (११),(१२) र
(१३) बमोजिम हुनेछ ।
पदले सम्पादित गर्नुपर्ने कार्य विवरण :- गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको
दफा (९) बमोजिम हुनेछ ।
:- आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्य विवरण लगायत अन्य जानकारी www.pmep.gov.npमा
उपलब्ध छ।
प्रमुख प्रशासकीय अधिकृत