गौशाला नगरपालिका

गौशाला नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो ।गौशालाबजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा गौशाला, निगौली र रामनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गौशाला पनि नगरपालिका बनेको हो ।

गौशाला नगरपालिकाको परिचय:
    जनकपुर अंचलको महोत्तरी जिल्ला अन्तरर्गत २०७१ सालमा स्थापित भएको नगरपालिका गौशाला नगरपालिका हो । नेपाल सरकारको मिति २०७१/०१/२५ को निर्णय अनुसार साबिकको गौशाला, निगौल र रामनगर गाविसहरु समायोजन भई घोषणा भएको गौशाला नगरपालिका मिति २०७१/०२/०३ गते देखि कार्यान्यनमा आएको हो । पछि यस न.पा.मा समायोजन भएका सुन्दरपुर, फुलकाँहा भरतपुर र बेलगाछी गाविस हुन । तथा पुर्व पश्चिम राष्ट्रिय लोकमार्ग र दक्षिणमा श्रीपुर गाविस पर्दछ । 

प्रमुख धार्मिक, ऐतिहासि एवं पर्यटकिय स्थल : 
बम्ह्स्थान, जलपा माई मन्दिर, रामजानकी मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर, सल्हेस मन्दिर, महादेव मन्दिर, विश्वकर्मा मन्दिर, निगौल ठाकुर पोखरी, पचाईन माई, सोनिया माई, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, पूर्णेश्वर महादेव, शंकर महादेव मन्दिर टुटेश्वर रोड आदि ।

पृष्ठभूमि : 
प्रदेश नं.२ को महोत्तरी जिल्लामा पर्ने गौशाला नगरपालिकामा १२ वडा समाबेश गरिएको छ । यस नगरपालिको कुल जनसंख्या ६६,६७७ रहेको छ । यस नगरपालिकाको केन्द्र साविक गौशाला नगरपालिकाको कार्यालयमा छ ।

नाम : गौशाला नगरपालिका
क्षेत्रफल बर्ग कि.मि.१४४.७३        केन्द्र :  साबिक गौशाला नगरपालिकाको कार्यालयमा 
वडा संख्या : १२ वटा               जनसंख्या (२०६८ को जनगणना अनुसार) : ६६,६७७

सिमाना :
पूर्व : बर्दिवास र औरही नगरपालिका
पश्चिम : सर्लाही जिल्ला 
उत्तर : बर्दिवास न.पा.
दक्षिण : सोनमा गा.पा. र औरही न.पा.

2024 All Rights reserved with Rolling Nexus