लामो समय देखि नेपालको विभिन्न ठुला तथा साना मिडियामा काम गर्दै आएका हामी युवा पत्रकारहरु जेनवन न्युज डटकममा संलग्न छौँ । 



हाल नेपालभर ईन्टरनेट आम नागरिकको सहज र सरल पहुँचमा भएकै कारण यसैलाई माध्यम बनाउनु आवश्यक देखिएकोले हामीले अनलाईन मिडियालाई रोज्यौं । आठ दशवर्ष अघिको स्थिति अब रहेन । सवा तीन करोड जनसङ्ख्या भएको मुलुकमा अहिले झण्डै दुई करोड स्मार्ट फोन प्रयोगमा आएको तथ्याङ्क सार्वजनिक भएको छ । तिनै स्मार्ट फोन र लाखौँ ल्याप्टप मार्फत आफ्नो रुचि अनुकूलका समाचार पोर्टलहरू, भिडियो न्युज र टेलिभिजन समाचारहरू पढ्ने सुन्ने र हेर्ने नवीन संस्कार स्थापित भइसकेको छ ।



झनपछि झन लोकप्रियताको चुली चढिरहेको छ । प्रविधिले हामीलाई प्रदान गरेको यो सुविधा सबै उमेर, तह र तप्काका मानिसहरू उपयोग गरिरहेका छन । नेट प्रविधिले प्रदान गरेको यो अपार सुविधालाई सदुपयोग गर्दै हामी पनि फरक रूपमा प्रस्तुत हुन खोजिरहेका छौँ । आम नागरिकको सुसुचित हुने अधिकारको  रक्षाका लागी केन्द्रित भएर अनलाईन पोर्टलका रूपमा हामी जिम्मेवार ढङ्गले आम नागरिकसँग जोडिने प्रयत्न गरिरहेका छौँ । 



यो पत्रकारिताकै अर्को रूप हो भन्ने हामीलाई लागेको छ । नागरिक सुसुचित नभएसम्म राष्ट्र सबल हुनै सक्दैन भन्ने अवधारणा अनुरुप हामी राष्ट्र निर्माणमा थोरै भए पनि हात बढाउने अभियानमा संलग्न भएका छौँ । नागरिकको सुसुचित हुने अधिकारको सवालमा हामी अझै जिम्मेवार भएर आफ्नो कर्तव्य पुरा गर्नेछौं ।



नियमित प्रवाह हुदै आएको विभिन्न हावादारी सुचनाले नेपाली जनमानसमा भ्रम र अन्धविश्वासका जरा उखेलिएका छैनन । तर हामीलाई लाग्छ– मानिसको दिमागबाट भ्रम, कुपरम्परा र अन्धविश्वासको जरा नउखेलेसम्म सबल राष्ट्र बनाउन सकिदैन । 



भ्रम, कुपरम्परा र अन्धविश्वास छिमल्न शिक्षा र चेतना निर्माण गर्नु पहिलो पूर्वशर्त हो । 





नेपालको विभिन्न मिडियामा काम गर्दै आएका युवा पत्रकारहरु द्धारा केही फरक गर्न सकिने अभिप्रायका साथ २०७६ साल श्रावण १९ गते देखी सुरु भएको हो जेनवन न्युज । नेपाल सरकारको आधिकारीक निकाय (कम्पनी रजिष्टार्डको कार्यालय) बाट कम्पनी दर्ताको ईज्जातपत्र प्राप्त गरी सुचना तथा प्रशारण विभाग र प्रेस काउन्सिलमा समेत सुचिकृत भएर पुर्ण कानुनी रुपमा अघि बढे्काछौं हामी ।  अहिलेको वर्तमान समयमा केही गर्न नपाएर दैनिक एक हजार भन्दा बढी नेपाली युवाहरु विदेश जाने गरेको बेला हामी पत्रकारितामा नयाँ गर्ने अठोटका साथ यस क्षेत्रलाई अङ्गालेका हौं । नेपाल जस्तो देशमा पत्रकारितामा आफ्नो भविष्य खोज्नु असम्भव सरह रहेको बेला हामी यस क्षेत्रलाई अङ्गालेका छौं ।



सञ्चारको बदलिँदो परिवेश र प्रतिष्पर्धि युग अनुसार गुणस्तरीय सूचना सम्प्रेषण गरी आम जनता र देश विकासमा टेवा दिनका लागि जेनवन मिडिया ग्रुप प्रा.लि को स्थापना भएको हो । कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर प्रेस काउन्सिल नेपाल, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागकार्यालयबाट समेत मान्यता प्राप्त यस प्रा. लि. ले www.ezen1news.com प्रकाशन गर्दछ ।

2024 All Rights reserved with Rolling Nexus