Staff Nurse
Full Time 2020-10-01 Newspaper job 451
Job Detail
Category
Healthcare / Pharmaceuticals / Medical
Maximum Age (Experienced)
40 Years
Job Description
अजिरकोट गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भच्चेक, गोरखा
गण्डकी प्रदेश, नेपाल
प्रथम पटक प्रकाशित मिति :- २०७७/०६/१४
अजिरकोट गाउँपालिका अन्तर्गत संचालन हुन गईरहेको कोभिड १९ अस्थायी अस्पताल साथै गाउँ कार्यपालिकाको कार्यालयको
लागि तपसिलको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना
प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा राजस्व तिरेको रसिद सहित तोकिएको सम्पूर्ण कागजात संलग्न
गरी दरखास्त दिनुहुन संबन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । दरखास्त फारम यस कार्यालयको
वेबसाइट www.ajirkotmun.gov.np बाट डाउनलोड वा अजिरकोट गाउँ कार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
परीक्षाको किसिम: अजिरकोट गाउँपालिकाको प्राविधिक कर्मचारी व्यवस्थापन संबन्धित कार्यविधि, २०७५ मा तोकिए अनुसार
तपसिल वमोजिम छनौट हुनेछ
आवश्यक न्यूनतम शैक्षिक योग्यता:
मेडिकल अधिकृत लोकसेवा आयोगले लिने मेडिकल अधिकृत पदको लागि निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता वा नेपाल
सरकारद्वारा मान्यता प्राप्त शिक्षण संस्थाबाट MMBS वा सो सरहको योग्यता प्राप्त गरी NMC को प्रमाणपत्र
प्राप्त गरेको ।
स्टाफ नर्स लोकसेवा आयोगले लिने स्टाफ नर्स पदको लागि निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता वा नेपाल सरकारद्वारा
मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरी नेपाल नर्सिङ काउन्सिलको
प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने ।
कार्यालय सहयोगी न्युनतम दश कक्षा उतिर्ण गरेको ।
असिष्टेण्ट सवईन्जिनियर
नेपाल सरकारद्वारा मान्यता प्राप्त शैक्षिक संस्थाबाट असिष्टेण्ट सबईन्जिनियर विषय उतिर्ण गरेको ।
दरखास्त माध्यम : ईच्छुक आवेदकले माथि उल्लेख भए बमोजिमको परीक्षा दस्तुर रकम जम्मा गरेको भौचर साथ गाउँपालिकाको
वेबसाइटबाट फारम डाउनलोड गरेर भरी तोकिएको मितिमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,
व्यक्तिगत विवरण (Bio Data), आफूले प्राप्त गरेको शैक्षिक योग्यताको विवरण, नेपाली नागरिकताको प्रमाणपत्र
तथा अनुभव आदिको प्रमाणपत्रको स्वयंद्वारा प्रमाणित प्रतिलिपिहरु साथ राखी रितपूर्वकको आवेदन फारम
भरी हुलाक वा ईमेल ठेगाना agirkottrm@gmail.com वा स्वयं उपस्थित भई आवदेन दिनुपर्नेछ ।
उम्मेद्वारको उमेरको हृद : महिलाको हकमा १५ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ र पुरुषको हकमा १५ वर्ष पुरा भई
३५ वर्ष ननाघेको हुनुपर्नेछ । मेडिकल अधिकृतको हकमा २१ वर्ष पुरा भएको हुन पर्नेछ ।
दरखास्त दिने अन्तिम मिति : २०७६११।२४ गते कार्यालय समय भित्र । उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट वा
सो पछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र ।
तलब तथा सुविधा : नेपाल सरकारको प्रचलित नियम अनुसार ।
दरखास्त दस्तुर बुझाउने स्थानः अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय, भच्चेक, गोरखा ।
परीक्षा मितिः सम्पर्क मितिमा जानकारी गराईने छ।
थप जानकारीको लागि : सम्पर्क नं. ९5४१७५१३७९ बा agirkottrm@gmail.com
म्याद नाघि आएको वा रितपुर्वक नभएको दरखास्त उपर कुनै कारवाही हुनेछैन ।