सूचना
यदि तपाईं बैदेशिक रोजगारमा जाने सोच्दै हुनुहुन्छ भने, निम्न निर्देशनहरू
महत्त्वपूर्ण छन्: - तपाईले बैदेशिक रोजगार बिभागको वेबसाइट
www.dofe.gov.np बाट एलटी नम्बर (LT) विवरण जाँच गर्न
सक्नुहुन्छ ।
- आवेदन गर्नु अघि जहिले पनि एलटी विवरण जाँच गर्नुहोस् ।
- मेनपावर एजेन्सी र विदेशी रोजगारदाता को स्थिति र ईतिहास को बारे मा जान्नुहोस्।
तपाईं यसलाई खोज्न गुगल प्रयोग गर्न सक्नुहुनेछ।
बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी: १. आफ्नो नाममा भिसा प्राप्त भइजाने
निश्चित भएपछी मात्र कम्पनीमा गई रकम बुझाउनु , बुझाएको रकमको भौचर अनिवार्य
लिनुहोला । २. आफु काम गर्न जाने मुलुकमा रहेको
नेपाली कुटनैतिक नियोगको सम्पर्क ठेगाना र फोन नं हरू साथमा राख्नु होला। आफू
कठिनाईंमा पर्दा सम्पर्क गर्न सजिलो हुन्छ । ३. यस विज्ञापन (सुचना) मा उल्लेख
भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला । ४. विदेश जानु अघि अभिमुखीकरण वा
इन्डक्सन तालिम अनिवार्य लिनुपर्ने छ । ५. विदेश जानु अघि आफू जाने मुलुक,
काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य शर्तबारे राम्रो सँग पढेर मात्र
सम्झौता पत्रमा हस्ताक्षर गर्नु होला र सो को एक (१) प्रती आफूसँग राख्नुहोला
। ६. काममा विदेश जाँदा नेपालकै
विमानस्थल प्रयोग गर्नुहोला, अन्यथा ठगिने सम्भावना हुन्छ । ७. यस बिज्ञापन सम्बन्धमा थप केही
बुझनुपरेमा वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।