१ नम्बर प्रदेशकाे पश्चिमि क्षेत्रकाे पहाडि जिल्ला अाेखलढुंगा जिल्लामा अवस्थित यस गाउँपालिकाकाे सिमाना पुर्वमा माेलुङ्ग गाउँपालिका र साेलुखुम्बु जिल्ला , पश्चिममा रामेछाप जिल्ला , उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा लिखु र मोलुंग गाउँपालिका रहेको छ । यस गाउँपालिकाकाे क्षेत्रफल १७९.७७ वर्ग किलोमीटर रहेको छ । यस गाउँपालिकाकाे मुख्य कार्यालय ५ नंम्बर वडाकाे खिजिफलाटे भन्ने ठाउँमा रहेकाे छ । यस गाउँपालिकालार्इ ९ वटा वडामा विभाजन गरिएकाे छ । 

२०६८ सालकाे राष्ट्रिय जनगणना अनुसार १५२९१ जना जनसंख्या रहेकाे यस गाउँपालिकामा क्षेत्री, ब्राह्मण, तामाङ, नेवार, शेर्पा, सुनुवार अादि जातिहरुकाे बाहुल्यता रहेता पनि यस क्षेत्रमा अन्य ३५ भन्दा वढी जातजातिकाे वसाेवास रहेकाे छ । यस क्षेत्रमा बाेलिने मुख्य भाषाहरुमा नेपालि , शेर्पा र सुनुवार पर्दछन तथापी अन्य २५ भन्दा बढी भाषाहरु बाेल्ने अावादी यस क्षेत्रमा रहेकाे छ । हिन्दु र बौद्ध यहाकाे मुख्य धर्म हाे । यहाँ इस्लाम, किराँत, जैन, क्रिश्चियन , बाेन र प्रकृति धर्म मान्ने जनसङ्ख्या पनि उल्लेख्य मात्रामा रहेकाे छ ।

Available Job List