भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ वटा गाउँपालिका मध्येमा एक पर्दछ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन् ।  हाल वडा नं १ मा लिस्तिकोट ‍¸ वडा नं २ मा तातोपानी¸ वडा नं ३ मा ताताेपानी¸ वडा नं ४ मा फुल्पिङकट्टि र वडा नं ५ मा मार्मिङ रहेको छ । यहाँको कुल जनसंख्या १७¸१५६ र जम्मा क्षेत्रफल २७८.३१(वर्ग कि.मी.) रहेको छ । नेपाल र छिमेकी मुलुक चीन सँग जोडिने सबैभन्दा छोटो बाटो यही गाउँपालिका को तातोपानीको नाका हुदै जान्छ । यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि धेरै चलेको  छ कारण यहाँ बन्जि जम्प ¸ राफिटिङ् ¸ क्यानोइङ¸ रक क्लाइबिङ इत्यादि गर्न सकिन्छ । यहाँ मनोरम दृष्य जस्तै झरना¸ खोला¸ नदीनाला¸ तातोपानीमा स्नान गर्नका साथै भिर मैारीको मह,घ्यू,छुर्पी,नाैनी,यार्सागुम्बा पनि पाइन्छ ।

Available Job List