शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आए संगै सन्दर्भमा उच्चमाध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ । साविकको उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति,विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्क्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन् । कक्षा १० ( एस.इ.इ) को परीक्षा एवं कक्षा ११ र १२ (एस एल सी ई)को परीक्षा सम्बन्धी कार्यहरुलाई  राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आवद्ध गरिएको छ । साथै,कक्षा १० को परीक्षा  प्रादेशिक स्तरमा संचालन गर्ने र समग्र  विधालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरिएकोछ।

  ऐनमा भएको व्यवस्था अनुसार विद्यालय शिक्षाको परीक्षा संचालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित रहेको छ ।
   राष्ट्रिय परीक्षा बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा शिक्षा ऐनमा परिभाषित गरिएको छ । बोर्डको सबै कामकारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट सम्पादन हुँदै आएका सबै कामकारवाही राष्ट्रिय बोर्डबाट संचालन भइरहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्को नाममा रहेको चल /अचल सम्पत्ति तथा दायित्व बोर्डमा सरेको छ ।
 

2024 All Rights with Rolling Nexus