Ministry of Land Management, Agriculture and Cooperatives

पृष्ठभूमि

प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई परिचालन गरी भूमिको  प्रकृतिको आधारमा उपयोग गरी गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यापारमा यान्त्रिकीकरण, व्यावसयिकीकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने ।

 दुरदृष्टि

प्रदेशको खाद्य सुरक्षा एवं पोषण सुरक्षाको प्रत्याभुति गर्दै गरिवी न्यूनिकरण एव राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुरयाउने ।

  लक्ष्य

भूमिको वैज्ञानिक व्यवस्थापन एवं सामाजिक न्यायमा आधारित भू-उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एव पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पदानलाई निर्यातयोग्य अवस्थामा पुर्‍याउने ।

 उद्देश्य

१ सहकारीको सिद्धान्त र मूल्यहरूको प्रवर्द्वन गर्दै सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकास र विस्तार गरी प्रदेशको दिगो र समतामूलक आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने ।

२ कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिष्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्वन गर्ने ।

३ पशुपछिं पालनमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै व्यवसायिक, प्रतिस्पर्धी एवं स्वस्थ पशुपछिं उत्पादनको सुनिश्चितता एवं पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रलाई आय आर्जनका साथै रोजगारीको माध्यमका रुपमा विकास गर्ने ।

2024 All Rights with Rolling Nexus