महागढीमाई नगरपालिका बारा जिल्लामा रहेको पाँच वटा नगरपालिका मध्य एक हो जो साबिकका महागढीमाई नगरपालिका,बरियारपुर, गंजभवानिपुर, बबुआइन, दहियार, तेलकुवा, पत्रहट्टी, मधुरीजब्दी, कवहीजब्दी, पिप्राबिर्ता,  प्रशुरामपुर(१), मझरीया(८), महेशपुर(१) गा.वि.स.हरु मिलेर बनेको छ।यस नगरपालिकाको स्थापना बि.सं.२०७३ सालमा भएको हो। यस नगरपालिका को पूर्वमा करैयामाई गाऊपालिका र पचरौता गाऊपालिका, पश्‍चिममा कलैया उप-महानगरपालिका, उत्तरमा करैयामाई गाउँपालिका र दक्षिनमा देवताल र स्वर्ण गाऊँपालिका रहेको छ। ५५.३२ वर्ग मि.मि क्षेत्रफल रहेको यस नगरपालिकामा बहुजातिको बसोबास रहेको पाईन्छ।मुख्य रुपले यादब, गुप्ता, चैधरी आदिको मिश्रित बसोबास पाईन्छ। जम्मा ११ वडा रहेको यस नगरपालिकामा जनसंख्या बि.सं. २०६८ को राष्ट्रि्य जनगणना अनुसार ५४,४७४ छ।

2024 All Rights with Rolling Nexus