नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको (केही भाग) रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी  गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस  चौरजहारी नगरपालिकाको  क्षेत्रफल  १०७ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसख्या २७४३८ रहेको छ । पहाडी  जिल्ला रुकुमको सन्दर्भमा यो चौरजहारी  नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको नगरपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । चौरजहारी उर्वर फाँट देखि लिएर ढुंगे खानिहरु र जहारीखोलाको किनारमा रहेको उर्वर जमिन देखि  खोलागाउ मुलजिउला सम्मका  कृषि उत्पादनयोग्य फाँटहरु यस नगरपालिकाका गहनाहरु हुन । यस नगरपालिकामा एउटा एयरपोर्ट रहेको छ । नेपाल सरकारको योजनामा परेको १० वटा  नयाँ  शहर  मध्ये  चौरजहारी पनि  एक  भएको हुदा  विकास सम्भावना प्रवल छ । साँस्कृति धार्मिक एंव जातिय  विविधताले  भरिपुर्ण  यस  नगरपालिकामा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै शान्त र समृद्ध नगर निर्माणको आधार हो । हाल वडा नं. २ मा नगरपालिकाको केन्द्र रहेको छ । भेरी नदीको किनारमा अवस्थित चौरजहारी रुकुम, सल्यान, जाजरकोट र डोल्पाको मुख्य व्यापारिक केन्द्र भनेर चिनिन्छ ।   

2024 All Rights with Rolling Nexus