नेपालको संविधानको घोषणा अनुसार राज्य पुनसंरचना अन्तर्गत नेपालको प्रदेश नं ४ तनहुँ जिल्लाको पश्चिम दक्षिण भेगमा अवस्थित यस भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग  किलोमिटर रहेको छ । साविक अरुणोदय,किहुँ,भानुमती,भिमाद,माझकोट (१-५,७-९),रिसिङ रानीपोखरी (९), सामुङ भगवतीपुर (२) र गजरकोट (९) गा.वि.स समाविष्ट भई जम्मा ९ वडा कायम भई बनेको यो सुन्दर नगरपालिकाको नामांकन महाभारतको किवंदन्ती अनुसार पाण्डव पुत्र भिमसेनले सेती नदीमा बाँध बाँधेकाले भिमबाँध शब्दको अपभ्रंस भई भिमाद भन्ने शब्द जनजिब्रो र प्रचलित भाषामा लोकप्रिय भएकाले यस ऐतिहासिक स्थलको महिमालाई झल्काउने गरी भिमाद नगरपालिकाको रुपमा नामाकरण गरिएको हो ।

पर्यटकीय, धार्मिक, जैविक विविधतायुक्त वन जंगल, नदीनाला, कृषि उर्वरभुमी र व्यापार व्यवसाययुक्त भएको अनुपम भूमि हो यो ।

यहाँ २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ३१,३६२ (पुरुष संख्या : १३३६०, महिला संख्या : १८००२) र मतदाता स‌ंख्या १९,५०० रहेको छ ।

नगरवासीको मुख्य पेशामा कृषि र व्यापार रहेतापनि अाम्दानीका श्रोतहरुमा वैदेशिक रोजगारको महत्वपूर्ण योगदान छ ।  साथै न्यून संख्यामा निजामती, शिक्षण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा प्रवेश गरी अात्म निर्भर रहेको पाइन्छ । यो नगरपालिकामा जातजातीको तथ्यांक अनुसार मगर ३५ प्रतिशत, ब्राह्मण क्षेत्री दशनामी २० प्रतिशत, दलित १३ प्रतिशत, ठकुरी ८ प्रतिशत, गुरुङ ७ प्रतिशत, नेवार ६ प्रतिशत, मुश्लिम ३ प्रतिशत, भुजेल ३ प्रतिशत, कुमाल ३ प्रतिशत र अन्य २ प्रतिशत  बसोबास गर्दछन् । धार्मिक अास्थामा हिन्दु ८२ प्रतिशत, बुद्ध १२ प्रतिशत, मुश्लिम ३ प्रतिशत र क्रिश्चियन ३ प्रतिशत धर्मावलम्बीहरु रहेका छन् ।

उत्तर तर्फ शुक्लागण्डकी नगरपालिका, दक्षिण तर्फ घिरिङ गाउँपालिका, पश्चिम तर्फ स्याङजा जिल्ला तथा पूर्व तर्फ म्याग्दे गाउँपालिका रहेको छ ।

2024 All Rights with Rolling Nexus