Directorate of Livestock and Fisheries Development

नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र कृषि हो । यसले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ भने यस्को कुल ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान छ । त्यसैले कृषि र पशुपालन क्षेत्रको विकास राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ । प्रदेश नं. ३ मा पशुपालन क्षेत्रको विकास र समृद्धिको लागि यस निर्देशनालयलाई कार्य जिम्मेवारी तोकिएको छ । पशुपालन क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ११ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा २६.८ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा पशुपंक्षी क्षेत्रको विशेष आर्थिक महत्व छ । उत्पादनका साधनको रुपमा रहेको प्रचुर जमिन र दुई तिहाई उत्पादक शक्तिको रुपमा रहेको किसानलाई जोडेर उत्पादन बृद्धि गरी राष्ट्रिय पुँजीको सृजना गर्न सकिन्छ । नेपाल विश्व व्यापार सङ्गठन तथा विश्व पशु स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र भएपश्चात् त्यस्तो राष्ट्रका हैसियतले कृषि तथा पशु विकास क्षेत्रमा पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न विकासका बिभिन्न साझेदारहरुसँग समन्वय गर्दै कृषि तथा पशुपंक्षी विकासका कार्यहरु गर्नुपर्ने देखिन्छ । त्यस्तै दिगो विकासको भोक अन्त्य, खाद्य र पोषण सुरक्षा जस्ता लक्ष्य प्राप्त गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रमको ठुलो भूमिका रहन्छ । कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा सार्वजनिक निजी साथै सहकारी क्षेत्रको लगानी समुचित रुपमा वृद्धि गरी देशलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिने आवश्यकता र सम्भावना छ । यसबाट देशको आर्थिक वृद्धिमा योगदान मात्र नभई समावेशी रुपमा आर्थिक वृद्धिको प्रतिफल जनताहरुमा पुर्याउन सकिने अवसर पनि रहेको छ । सहकारी पद्धतिमा आधारित उद्योग व्यवसायको स्थापना गरि देशको आर्थिक तथा सामाजिक बिकासमा योगदान पुर्याउनु सहकारीको मुख्य उद्देश्य हो। गरीबी निवारण, उत्पादक, पूर्ण रोजगारी सिर्जना, सामाजिक एकिकरण र वातावरण संरक्षणमा सहकारी उद्योग व्यवसायको योगदान महत्वपूर्ण रहेको छ ।

2024 All Rights with Rolling Nexus