बागलुङ जिल्लाको पूर्वी क्षेत्रमा कालीगण्डकी नदीको तटवर्ति इलाका रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गाउ“लाई समायोजन गरी पहिलो पटक वि.सं. २०५३ साल माघ १८ गते बागलुङ नगरपालिकाको घोषणा गरिएको थियो । २०५३ माघ १८ गते स्थानीय निर्वाचनबाट यसको गठन भएको हो । तत्कालिन अवस्थामा ११ वडामा विभाजित बागलुङ नगरमा परिवर्तित संघीय संरचना अनुसार नेपाल सरकारको २०७३-११-२७ को निर्णयले साविक बागलुङ नगरका छिमेकी मलिका गा.वि.स. वडा नं. ६ बाहेकको सिगाना, तित्याङ, भकुण्डे, रायडा“डा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान र पालाको उत्तरी खण्ड वडा नं. ६, ७, ८ र ९ समावेश गरी विस्तारित नगरलाई हाल बागलुङ नगरपालिका क्षेत्रलाई १४ वटा वडामा विभाजन गरिएको छ । वडा नं. १, २, ३ र ४ मुख्य बजार क्षेत्रमा रहेका छन् भने धौलागिरीको एकमात्र वलेवा हवाई मैदानस“गस“गै रहेको वडा नं. १४ नारायणस्थान, शहरी विकासका लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र हो । बागलुङ नगर गण्डकी प्रदेशको दोस्रो ठूलो शहरी क्षेत्रको रुपमा रहेको छ । यो नगर भौगोलिक दृष्टिकोणले झण्डै झण्डै मध्य नेपालमा पर्ने पहाडी जिल्ला बागलुङको पूर्वी इलाकामा प्रसिद्ध कालीगण्डकीको तटमा अवस्थित छ । कालीगण्डकीको तटवर्ती इलाकामा धौलागिरी हिमालको छविछा“यामा २८ डिग्री ११ मिनेट देखि २८ डिग्री २० मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ३२ मिनेट देखि ८३ डिग्री ३८ मिनेट पूर्वी देशान्तरमा ९८ डिग्री ०१  मिनेट वर्ग कि.मी. क्षेत्रफलमा रहेको बागलुङ नगर क्षेत्रसम्म फैलिएको छ ।

विकिपीडियामा हाम्रो बारेमा हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस ।

2024 All Rights with Rolling Nexus