Myagde Rural Municipality, Office of Rural Municipal Executive, Tanahun, Gandaki Province

तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग ,जामुने र मनपाङ्ग गाविसलार्इ समायाेजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम "म्याग्दे" कसरी रहन गयो भन्नेबारे एेतिहासिक लिखित अाधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुर्इ गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो "म्याग्दे" , छाङ्ग, मनपाङ्ग र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमि वा फाँटको नाम हो म्याग्दे , यसैकारण यस गाउँपालिकाको नाम "म्याग्दे" गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ ।

2024 All Rights with Rolling Nexus