Food management and Trading company limited

नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा देशभर खाद्यान्न आपुर्ति ब्यवस्था मिलाउन देशका बिभिन्न जिल्लामा कामको प्रकृति, चाप र स्वरुप हेरी कम्पनिको प्रधान कार्यालय, प्रादेशिक कार्यालय , मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयहरु स्थापना गरेको छ । खाद्यान्न आपुर्ति सम्बन्धी नेपाल सरकारको नीति कार्यान्वयन र निर्देशन दिन प्रधान कार्यालयमा ६ वटा बिभाग ,  ४ वटा एकाई  र १ महाशाखा  गठन गरिएको छ । बिभागहरुमा मानव संसाधन बिभाग,  बिक्री बितरण बिभाग, योजना बिभाग, खरिद बिभाग, अर्थ  तथा आर्थिक बिभाग र आन्तरिक लेखा परिक्षण तथा निरिक्षण बिभाग रहेका छन भने इकाई तर्फगुणस्तर नियन्त्रण एकाई , छिज जर्ति तथा वेरुजु कार्यवाही एकाई ,खरिद एकाई र कानुन एकाई  र महाशाखा तर्फ सम्पती व्यवस्थापन महाशाखा  रहेका छन् ।प्रधान कार्यालय १ वटा, प्रादेशिक कार्यालय कार्यालयहरु ७ वटा, मुख्य शाखा कार्यालय ५ वटा, शाखा  कार्यालयहरु २३ वटा र डिपो कार्यालयहरु ५९ वटा रहेका छन् । 

2024 All Rights with Rolling Nexus