नेपालको प्रदेश नं.७ अन्र्तगत महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो लालझाडी गाउंपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पुर्वि भेगमा अवस्थित यो गाउंपालिका साविक शंकरपुर गा.वि.स.का पुरै (१–९)वडाहरु,साविक बाइसे बिचवा गा.वि.स.का (१–४) वडाहरु र साविक देखतभुलि गा.वि.स.का (१–३, ५–७ र ८) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ कि.मि टाढा पुर्व तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र बर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । यो गाउंपालिका र कृष्णपुर नगरपालिकाको बिचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।

2024 All Rights with Rolling Nexus