वागमती प्रदेश  अन्तर्गत पर्ने दोलखा जिल्लाको  बिगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो| दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बिगु गुम्बाको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु   रहेका छन् | यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा यसै जिल्लाको कालिन्चोक गाउँपालिका  रहेको छ |   दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ३३ कि.मि. उत्तरमा ६६३.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको ब्यापारिक केन्द्र सिंगटी बजार मुख्य प्रवेशद्वारको रुपमा चिनिन्छ | जनगणना २०११ को तथ्यांक अनुसार पुरुष ८,८४६ र महिला ९,६०३ गरि जम्मा जनसंख्या १८,४४९ रहेको छ| सोहि जनगणना अनुरुप यस गाउँपालिकाको जम्मा घरधुरी संख्या ४,४१८ , जनघनत्व २८ प्रति वर्ग कि.मि. र औसत घरधुरी आकार ४.२ रहेको पाइन्छ|

2024 All Rights with Rolling Nexus