नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा देशभर खाद्यान्न आपुर्ति ब्यवस्था मिलाउन देशका बिभिन्न जिल्लामा कामको प्रकृति, चाप र स्वरुप हेरी कम्पनिको प्रधान कार्यालय, प्रादेशिक कार्यालय , मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयहरु स्थापना गरेको छ । खाद्यान्न आपुर्ति सम्बन्धी नेपाल सरकारको नीति कार्यान्वयन र निर्देशन दिन प्रधान कार्यालयमा ६ वटा बिभाग , ४ वटा एकाई र १ महाशाखा गठन गरिएको छ । बिभागहरुमा मानव संसाधन बिभाग, बिक्री बितरण बिभाग, योजना बिभाग, खरिद बिभाग, अर्थ तथा आर्थिक बिभाग र आन्तरिक लेखा परिक्षण तथा निरिक्षण बिभाग रहेका छन भने इकाई तर्फगुणस्तर नियन्त्रण एकाई , छिज जर्ति तथा वेरुजु कार्यवाही एकाई ,खरिद एकाई र कानुन एकाई र महाशाखा तर्फ सम्पती व्यवस्थापन महाशाखा रहेका छन् ।प्रधान कार्यालय १ वटा, प्रादेशिक कार्यालय कार्यालयहरु ७ वटा, मुख्य शाखा कार्यालय ५ वटा, शाखा कार्यालयहरु २३ वटा र डिपो कार्यालयहरु ५९ वटा रहेका छन् ।