ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका नेपाल सरकारले मिति २०७३ ११ २७ गतेको स्थानिय तह घोषणाबाट साविक चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर गठन भएको हो । मिति २०७१।८।१६ को मन्त्रीपरिषदको निर्णय अनुसार साविक चाँगुनारायण, झौखेल, छालिड, दुवाकोट गा.वि.स समेटेर चाँगुनारायण नगरपालिका तथा साविक नगरकोट बागेश्वरी, सुडाल र ताथली गा.वि.स समेटेर महामन्जुश्री नगरकोट नगरपालिका घोषणा भएको थियो । पछि महामन्जुश्री नगरकोट नगरपालिका मिलाएर नाम संशोधन भै नगरकोट नगरपालिका कायम भयो । चाँगुनारायण नगरपालिका र  नगरकोट नगरपालिका मिलाएर चाँगुनारायण नगरपालिका भए पछि ९ वटा वडा कायम भई नगरपालिकाको केन्द्र खरिपाटी, भक्तपुरमा रहेको छ ।

2024 All Rights with Rolling Nexus