यो विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क सम्बन्धी नीति र कानूनहरुको कार्यान्वयन गर्दछ । यसको साथै शिक्षा सेवा शुल्क तथा केही गैरकरको प्रशासन गर्ने जिम्मेवारी समेत निर्वाह गर्दै आइरहेको छ । फराकिलो कराधार, पारदर्शी एवं न्यायोचित कर प्रणालीमार्फत आर्थिक-सामाजिक विकासमा सहयोगी एवं सबल संगठनको रुपमा विकास गर्ने दीर्घकालीन सोच सहितको कर प्रणालीको विकास गर्न विभाग प्रयत्‍नशील छ । छिटो, छरितो र गुणस्तरीय सेवामार्फत करदातामा समर्पित भई करदाता शिक्षा, सहयोग र क्षमता विकास गर्दै स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने र कर जोखिममा आधारित भई स्वच्छ, पारदर्शी र न्यायोचित तवरले कर कानूनको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको छ ।

2024 All Rights with Rolling Nexus