Belauri Municipality, Office of Municipal Executive, Kanchanpur, Sudurpaschim Province

नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्ला पहिले वाइसे चौविसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो, त्यतिवेला सम्म जिल्लाको नामकरण भैसकेको थिएन । मल्ली माल र तल्ली मालका नाम वाट चिनिने यस जिल्लाको क्षेत्र पनि कैलाली जिल्ला कै क्षेत्र भित्र समावेश गरिएको थियो । सन १८१४ देखि १८१५ सम्म अंग्रेज संग भएको युद्ध पछि सन १८१६ मा गरिएको सुगौली संधीवाट काली नदि पश्चिमको सम्पुर्ण भूभाग संगै तराईको कञ्चनपुर पनि व्रिटिश इण्डियामा गाभिएको इतिहास पाइन्छ । 

2024 All Rights with Rolling Nexus