Bheriganga Municipality, Office of Municipal Executive, Surkhet, Karnali Province

सुर्खेत जिल्लाको सदरमुकामको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पूर्वि क्षेत्रमा अवस्थित यो नगरपालिका जिल्लाको दोश्रो नगरपालिकाको रुपमा रहेको छ । यो नगरपालिका वि.सं. २०७१ साल मंसीर १६ को नेपाल सरकारको निर्णयअनुसार साविक छिन्चु, रामघाट र मैनतडा गाविसहरु मिलेर बनेको हो । हाल साविकको लेखपराजुल गाविससमेत थप गरिएको छ । पूर्वमा बबई नदी, पश्चिममा भेरी नदीसम्म फैलिएको यस नगरपालिकाको अक्षांश २८ं २२’ ११” उत्तरदेखि २८ं ३४’ ०८” उत्तरसम्म र देशान्तर ८१ ३१’ ५१” पूर्वदेखि ८१ं ५०’ १६” पूर्वसम्म फैलिएको छ ।
जनसंख्याको हिसाबले सुर्खेत जिल्लाका नौ वटा स्थानिय तहमा चौथो क्रममा रहेको यस नगरपालिका चौथो स्थानमा रहेको छ । २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्या ४१ हजार ४ सय ७ जना, पुरुष १९ हजार १ सय ४५ जना र महिला २२ हजार २ सय ६२ जना रहेका छन् भने क्षेत्रफल २५६.२ वर्ग कि.मी. रहेको छ । क्षेत्रफलको हिसाबले सुर्खेतका ५ नगरपालिकामध्ये यो नगरपालिका तेश्रो ठूलो नगरपालिका हो । यस क्षेत्रमा उद्योग, व्यापार, पर्यटन, व्यावसायिक कृषि पशुपालनको माध्यमबाट यस क्षेत्रका मानिसहरुको जिविकोपार्जन भएको देखिन्छ । सुर्खेतको पूर्व पश्चिम राजमार्गसम्म जोड्ने रत्न राजमार्गको अधिकतम खण्ड यसै नगरपालिका अन्र्तगत पर्ने र सुर्खेत जाजरकोट सडक पनि यसै नगरपालिका हुँदै जाने दु्रत आर्थिक विवकासको प्रवल सम्भावना यस नगरपालिकाले बोकेको छ ।
सबै जातजातिहरुको मिश्रीत बसोबास रहेको यस नगरपालिकामा विशेष गरी क्षेत्री, ब्राह्मण, दलित तथा मगर जातीहरुको बसोबास रहेको छ भने आदीबासी लोपोन्मुख राजी समुदायको पनि बसोबास रहेको छ । यो क्षेत्रमा खेतीयोग्य जमीनभएपनि सिंचाई अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरु जिविकोपार्जनका लागि व्यावसाय, कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य बैकल्पीक रोजगारीका अवसरहरु खोजी गरेको पाइन्छ । नगरपालिकाको नाम भेरीगंगा नामाकरण गर्नुमा यस क्षेत्रमा बग्ने भेरीनदी र स्थानिय गंगामाला देउतीबज्यै मन्दिरको उत्पती स्थल रहेको पाइन्छ । यी दुबैको समिश्रणबाट भेरीगंगा राखिएको हो । वि.सं. २०७३ भाद्र १३ गतेको स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सुर्खेतको बैठकबाट यसलाई १३ वटा वडामा विभाजन गरिएको हो । यो नगरपालिकाको पूर्वमा गुर्भाकोट न.पा. र कालीमाटी गाउँपालिका सल्यान, पश्चिममा बराहताल गाउँपालिका, उत्तरमा लेखवेशी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका तथा दक्षिणमा बर्दिया राष्ट्रिय निकुन्ज र बासगढी नगरपालिका बर्दिया पर्दछन् ।

2024 All Rights with Rolling Nexus