पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. ९  साबिक चित्लाङ गाउँ विकास समिति वडाहरु १,२,३,४,५ र ८ मिलेर बनेको छ  । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु चन्द्रागिरी, सात धारा, भैरब मन्दिर, चिज फ्याक्ट्री र होमस्टेहरु रहेका छन् । यो वडामा नेवार, बाहुन, क्षेत्री र तामाङ जातीहरुको बसोबास रहेको छ । नेवार जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत कृषि रहेको छ । यस वडामा सामुदायिक विद्यालयमध्ये प्रावि १ वटा, उच्च मावि १ वटा र क्याम्पस १ वटा रहेका छन् । 
यस वडाको मुख्य मन्दिरहरु स्वच्छन्द भैरब, लक्ष्मी नारायण, शिवालय र तलेजु  रहेका छन् । यस वडामा कृषक समूहहरु ५ वटा रहेका छन् । यस वडामा ठूला होटल ससाना २० वटा र होमस्टेहरु १० वटा रहेका छन् । होमस्टे व्यवस्थापन समिति १ वटा रहेका छन् । यस वडामा ३ वटा सहकारीहरु रहेका छन् । यस वडामा स्वास्थ्य चौकी १ वटा रहेका छन् । 
यस वडाको वडास्तरीय सडक गणेशमान राजमार्ग  हो भने सहायक सडकहरुमा ताकातार खर्क कपु गाउँ कृषि सडक, नारायणहिटी टुपीखेल भेडाफार्म, मार्खु सडक पर्दछन् ।  यस वडा त्रिभुवन राजपथबाट १४ कि.मि. टाढा रहेको छ । 

2024 All Rights reserved with Rolling Nexus