नेपाल संघीय संरचनामा परिणत भइ संघ प्रदेश र स्थानीय सरकारको व्यवस्था भए अनुरूप प्रदेश सरकार मातहत विभिन्न मन्त्रालय तथा निकायहरु स्थापना गरिएका छन जस मध्येे  सामाजिक विकास मन्त्रालय एक हो । यस मन्त्रालयको स्थापना २०७४ फाल्गुनमा भएको हो ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई स्वास्थ्य, शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको छ ।यस मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरीय कानून नीति मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालय हाल यिनै विषयमा केन्द्रित रहेको छ। साथै मन्त्रालयले आफ्नो विषय क्षेत्र भित्रका विभिन्न कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।

2024 All Rights reserved with Rolling Nexus