नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार ७ वटा कार्यक्षेत्र समेटने गरी स्थापना भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय साविक जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको भवनमा मिति २०७४।११।२ गते स्थापना भई संचालनमा रहेको छ । यस मन्त्रालयको विभागीय मन्त्रीको रुपमा माननीय मन्त्री दल रावलले मिति २०७४।११।६ मा पद वहाल गरी कार्य आरम्भ गर्नु भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४।१०।१० को निर्णय अनुसार यस मन्त्रालयमा श्रेणी विहिन कर्मचारी बाहेक जम्मा ३१ जनाको अस्थायी दरवन्दी स्वीकृत भई प्रदेश सचिव (रा.प.प्रथम) श्री गिरिजा शर्माको नेतृत्वमा ३ महाशाखा र १०  शाखा रहेको मन्त्रालयको संगठन संरचना अनुसार कर्मचारीहरु हाजिर भै मन्त्रालयको कार्य  संचालन सुचारु भएको छ ।   कर्णाली प्रदेश सरकारको मिति २०७४।११।६ को निर्णयानुसार स्वीकृत कर्णाली प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयको  ५८ वटा कार्यजिम्मेवारीहरु रहेको छ । यस मन्त्रालयको कार्यक्षेत्र भित्र १० जिल्ला, ७९ स्थानीय तह, २५ नगरपालिका  र ५४ गाँउपालिका रहेका छन । सामाजिक विकास मन्त्रालयका कार्यक्षेत्रहरु १.           शिक्षा   २.          स्वास्थ्य तथा जनसंख्या   ३.           सरसफार्इ    ४.          महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा   ५.         युवा तथा खेलकुद           ६.          भाषा, धर्म तथा संस्कृति    ७.         श्रम तथा रोजगार कर्णाली प्रदेश सरकारको मिति २०७४।११।६ को निर्णयानुसार स्वीकृत कर्णाली प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयको  ५८ कार्य जिम्मेवारीहरु तपसिल अनुसार रहेको छ ।

2024 All Rights reserved with Rolling Nexus