माली
Full Time 2021-09-05 Newspaper job 585
Job Detail
Category
Healthcare / Pharmaceuticals / Medical
Maximum Age (Fresher)
35 Years
Maximum Age (Experienced)
35 Years
Job Description
राप्ती सोनारी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
अगैया, बाँके
लुम्बिनी प्रदेश नेपाल
(प्रथम पटक सूचना प्रकाशित मिति : २०७८०५।२०)
प्रस्तुत बिषयका सम्बन्धमा यस राप्ति सोनारी गाउँपालिका वडा नं.४ स्थित राप्ति सोनारी
अस्पताल बैजापुर, बाँकेमा तपशिल बमोजिमका पदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले
इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिन भित्र यस कार्यालयमा
आबेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
शैक्षिक योग्यता
1. हे.अ. मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सा बिषयमा प्रमाण पत्र तह उतिर्ण
गरि स्वास्थ्य परिषदमा दर्ता भएको ।
2. स्टाफ नर्स:मान्यथा प्राप्त शिक्षण संस्थाबाट नसिँग विषयमा प्रमाण पत्र तह उतिर्ण गरि
परिषदमा दर्ता भएको ।
3. अ.हे.ब. मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.ब. /सि.एम.ए. कोर्स उतिर्ण गरि परिषदमा
दर्ता भएको ।
4. अ.न.मि. मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मि. कोर्स उतिर्ण गरि परिषदमा दर्ता भएको ।
5. ल्याब टेक्निसियन : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रयोगशाला बिषयमा प्रमाण पत्र तह
उतिर्ण गरि स्वास्थ्य परिषदमा दर्ता भएको ।
6. रेडियोग्राफर : मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोलोजी बिषयमा प्रमाण पत्र तह उत्तिर्ण
गरि स्वास्थ्य परिषदमा दर्ता भएको ।
7. स.ले.प. मान्यता प्राप्त शिक्षण संस्थाबाट लेखा विषयमा प्रमाण पत्र उत्तिर्ण गरि कार्यअनुभव भएको ।
8. प्रसाशन सहायक:मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि. तह उत्तिर्ण गरि कार्यअनुभव भएको ।
9. स्वीपर /पाले/सुरक्षा गार्ड / माली :- सामान्य लेखपड गर्न जान्ने ।
उमेर : दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पुरा भई ३५ वर्ष तथा प्राबिधिक
कर्मचारीको हकमा १५ बर्ष पुरा भई ४५ बर्ष ननाघेको ।
परिक्षाको किसिम : लिखित, मौखिक तथा प्रयोगात्मक ।
सम्पर्क मिति : दरखास्त दिने अन्तिम दिनको भोलि पल्ट ।
परिक्षा दस्तुर : पाँचौ तहको लागि रु ५००.००, चौथो तहको लागि रु ४००.०० श्रेणी
बिहिनको लागि रु २००.०० लाग्ने छ।
दर्खास्तमा संलग्न गर्नुपर्ने : उम्मेदारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित
प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित
प्रतिलिपि तथा नेपालको कानुन बमोजिम बिभिन्न काउन्सिल वा परिषद वा अन्य दर्ता
भएको प्रमाणित प्रतिलिपि संलग्न हुनु पर्ने छ । पेश गरिएको सबै प्रतिलिपिको पछाडी
उम्मेरदार स्वयमले हस्ताक्षर गरि पेश गर्नुपर्ने छ ।
दरखास्त दिने स्थान :- राप्ति सोनारी गाउँपालिकाको कार्यालय, अगैया, बाँके ।
प्रमुख प्रशासकिय अधिकृत