नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान एवं प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो । यस प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो । वि.सं. २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्काे ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साविक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था निम्न विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्वका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ द्वारा सङ्गठित नेपाल प्रज्ञा–प्रतिष्ठान हाल क्रियाशील रहेको छः

नयाँ प्रावधान अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानमा निम्न विधामा प्रमुख पाँच विभाग रहेका छन्ः
१. भाषा
२. साहित्य
३. संस्कृति
४. सामाजिक शास्त्र
५. दर्शनशास्त्र

2024 All Rights reserved with Rolling Nexus