नगराईन नगरपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत धनुषा जिल्लामा पर्दछ | यो नगरपालिकाको स्थापना वि.स.२०७३ मा भएको छ | यो नगरपालिका ९ वटा वडाहरु मिलेर बनेको छ | यस नगरपालिकाका समावेशी गा.वि.स.हरु : नगराईन, घोडघास, लगमगाडागुठी, देवडिहा र फुलगामा गा.वि.स. छन् | यस नगरपालिकाको पूर्वमा धनौजी गा.पा. र भारत,पश्चिममा महोत्तरी जिल्ला,उत्तरमा जनकपुर उ.म.पा. र धनौजी गा.पा. र दक्षिणमा मुखियापट्टी मुसहरनिया गा.पा. र भारत छन् | यस नगरपालिकाको क्षेत्रफल ३९.०० वर्ग कि.मी. र कुल जनसंख्या ३५६३०  छन् |

2024 All Rights reserved with Rolling Nexus