काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । यसको कूल जनसंख्या १८,२८३ रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक दृष्टिले निकै पिछडिएको ठाउँ हो यो । भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यो ठाउँमा हाल सम्म जिल्ला सदरमुकाम सम्म जोड्ने एउटा मोटरबाटोको समेत सुविधा छैन । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान बोकेको यो गाउँपालिकामा विशेषरुपले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ । पुरानो संरचनाको गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गा.वि.स. मिलेर बनेको यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरीएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ ।

2024 All Rights reserved with Rolling Nexus