स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ ।

मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट  गह्रौंकोटमध्ये भीरकोटलार्इ प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ ।

यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर-१, देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर-३ को भुरुङ्गखोला देखी पश्‍चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।

2024 All Rights reserved with Rolling Nexus