सूचना
यदि तपाईं बैदेशिक रोजगारमा जाने सोच्दै हुनुहुन्छ भने, निम्न निर्देशनहरू महत्त्वपूर्ण छन्: - तपाईले बैदेशिक रोजगार बिभागको वेबसाइट
www.dofe.gov.np बाट एलटी नम्बर (LT) विवरण जाँच गर्न सक्नुहुन्छ ।
- आवेदन गर्नु अघि जहिले पनि एलटी विवरण जाँच गर्नुहोस् ।
- मेनपावर एजेन्सी र विदेशी रोजगारदाता को स्थिति र ईतिहास को बारे मा जान्नुहोस्। तपाईं यसलाई खोज्न गुगल प्रयोग गर्न सक्नुहुनेछ।
बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी: १. आफ्नो नाममा भिसा प्राप्त भइजाने निश्चित भएपछी मात्र कम्पनीमा गई रकम बुझाउनु , बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । २. आफु काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगको सम्पर्क ठेगाना र फोन नं हरू साथमा राख्नु होला। आफू कठिनाईंमा पर्दा सम्पर्क गर्न सजिलो हुन्छ । ३. यस विज्ञापन (सुचना) मा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला । ४. विदेश जानु अघि अभिमुखीकरण वा इन्डक्सन तालिम अनिवार्य लिनुपर्ने छ । ५. विदेश जानु अघि आफू जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य शर्तबारे राम्रो सँग पढेर मात्र सम्झौता पत्रमा हस्ताक्षर गर्नु होला र सो को एक (१) प्रती आफूसँग राख्नुहोला । ६. काममा विदेश जाँदा नेपालकै विमानस्थल प्रयोग गर्नुहोला, अन्यथा ठगिने सम्भावना हुन्छ । ७. यस बिज्ञापन सम्बन्धमा थप केही बुझनुपरेमा वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।