यस संस्थामा सदस्यहरुका लागि विभिन्न सेवाहरु उपलब्ध छन् । संस्थामा उपलब्ध अधिकांस सेवाहरु प्रविधीको प्रयोग मार्फत आफुलाई पाएक पर्ने स्थानबाटै प्रयोग गर्न सकिने गरी तयार गरिएका छन् । संस्थालाई प्रविधिमैत्री बनाउने क्रममा संस्थाले मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग मार्फत सदस्यहरुलाई सहज सेवा उपलब्ध गराउने प्रयास गरेको छ । सदस्यहरुलाई विस्तारै नगद रहित कारोबारमा केन्द्रीत गर्ने उद्देश्यले संस्थाले QR कोड मार्फत नगद लेनदेन गर्न सकिने विधिको समेत विकास गरेको छ । सदस्यले घरमै बसेर आफ्नो मोबाइलबाटै आफ्नो खातामा रहेको रकम ट्रान्सफर गर्न, नियमित तथा अन्य वचत जम्मा गर्न, ऋण लिएको भएमा किस्ता भुक्तानी गर्न सक्नेछन । संस्थालाई विस्तारै पेपरलेसमा लैजाने गरी प्रविधीहरुको विकास गरिँदै लगिएको छ । संस्थामा सदस्यहरुको लागि विभिन्न प्रकारका वचत, विभिन्न प्रकारका ऋण, बीमा, उपभोक्ता सहकारी पसल लगाएतका विभिन्न सेवाहरु उपलब्ध छन् ।

Available Job List