मोरङको बुढीगंगा गाउँपालिकाको बिराटनगर महानगरपालिकासँग सिमाना जोडिएको छ। विराटनगरबाट यो गाउँपालिका उत्तर तिर पर्दछ । तसर्थ बुढीगंगा र विराटनगरको बिचमा खासै अन्तर रहेको छैन । बुढीगंगा गाउँपालिकामा थुप्रै उद्योगधन्दा छन्, जसले विराटनगरमा भएको ख्याति पाएका छन् । विभिन्न उद्योगधन्दाको अवस्थितिका कारण यो स्थान विगतमा र वर्तमानमा पनि प्रख्यात स्थल हो । अघि वि।सं। १९७१ सालभन्दा अगाडी रंगेली विराटनगरको सदरमुकाम थियो । तर त्यस बेला पनि हात्तिमुडा र टंकि सिनवारी भेगमा मानिसको सामान्य वस्ती थियो । यसै गरी यही गाउँपालिकाबाट कोशी राजमार्ग पनि गयेको देखिन्छ । पछि १९७१ सालमा मोरङको सदरमुकाम विराटनगरमा सारिएको हो । त्यस पछि बुढीगंगा गाउँपालिका क्षेत्र विराटनगरको उत्तर तिरको महत्वपूर्ण गाउँको रुपमा परिचित रह्‌यो । 

अघि बुडीगंगा गाउँपालिका क्षेत्रको ठुलो भूभागलाई घना जंगलले ढाकेको देखिन्छ । यहाँका नदी किनारी भागमा केही जातजातीका मानिसहरुका स(साना वस्तीहरु थिए । घना जंगलका कारण मानिसले खोला या नदीको किनारी भागमा तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । बुढीगंगा गाउँपालिका भेगमा बेलाबेलामा पाईने पुराना बसोबासका अवशेषहरुले  यसै कुराको संकेत गरेका छन् । डंग्राहा, सिसवनी बडहरा, हात्तिमुडा र टंकी सिनवारी आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरु पाईएका छन् । तिनीहरु कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन  सकेका छैनन् । अघि राणाकालमा मोरङको सदरमुकार रंगेलीतिर जाँदा यहींको बाटो हिडने चलन थियो । धरान र पहाडतिरबाट विराटनगर र भारतका विभिन्न स्थानतिर जाने बाटो पनि यहींबाट गएको थियो । यस अधारमा बुढीगंगाको सम्बन्ध विराटनगरसंगै गाँसिएको छ र यसको प्राचिनता विराटनगर जतिकै पुरानो मानिन्छ ।

ऐतिहासिक रुपमा मोरङको बुढीगंगा लगायतको विराटनगर भेग बिभिन्न राज्यको अधिनमा पर्ने र यदा कदा स्थानीय रजौटाहरुले शासन गर्ने स्थान भयो । अघि यो भेग मत्स्यदेश भित्र पर्दथो पछि गएर मत्स्यदेश टुक्रिन पुग्यो र यो क्षेत्र पुण्डबर्धनको एक महत्व पूर्ण केन्द्र बन्यो प्राचिनकालमा यो भेग बरागक्षेत्र नजिकमा पर्ने गर्दथो । त्यसै बेला यस स्थानमा मानिसहरुको बसोबास भएको संकेत पाईन्छ । प्राचिनकाल देखिनै यस वरपरको ठूलो क्षेत्रमा मानिसको बसिबास भएको अनुमान छ । मोरङको भेडियारी, कसेनीको धनपालगडी, हरैचा र राजघाट सहर नै बुढीगंगा क्षेत्रमा पनि मानिसहरुको बसोबास थियो । मध्यकालमा कुनै बेला बुढीगंगा भेग मोरङ राज्य भित्र पर्दथ्यो त्यसै त्यसै बेला यो स्थान पनि राजा धनपालको अधिनमा थियो भन्ने देखिन्छ । विजयपुर भेग बिभिन्न राजा र रजौटाका अधिनमा पर्ने र तिनबाट छुट्कारा पाउने क्रममा नै यस भेगमा विजय नारयण पछि पाल्पाली शेन राजा लोहान शेनले कब्जा गरे । यो भेग मोरङको महत्वपूर्ण क्षेत्रका रुपमा मधयकाल भर रहिरहयो । 

Available Job List