बेलायतमा उपचारका क्रममा रहेका प्रा. डा. उपेन्द्र देवकोटाले भन्नु भएको थियो - "तीन दशकको अनबरत संघर्ष पछी एउटा अन्तरराष्ट्रिय स्तरको सुबिधा सम्पन्न स्नायु अस्पताल, अत्याधुनिक उपकरणहरु र त्यसमा सेवा प्रदान गर्ने दक्ष्य स्वास्थ्यकर्मीहरु यहाँहरुको सेवामा समर्पित गर्न पाएकोमा मैले गौरवको अनुभुती गरेकोछु । यस अस्पतालमा काम गर्ने धेरैजसो स्वास्थ्यकर्मीहरु मसँग लामो समय काम गरेर मेरो भरोसा जितेका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुको प्रयासले यस अस्पतालले स्तरोन्नतिमा फड्को मार्नेछ भन्नेमा मलाई पूर्ण विश्वास छ । यस अस्पतालमा तपाईंहरुको उपचार सुरक्षित हातहरुमा छ । आश्वस्त हुनुहोस् । "

Available Job List