यस केराबारी गाउँपालिको गठन साविक केराबारी, याङशिला, पाटी र सिंहदेवी गाविसका सबै वार्डहरु र लेटाङ भोगटेनी नपा को वार्ड नं. १  समावेश गरी मिति २०७३ साल फागुनमा भएको हो । २१९.८३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकामाको केन्द्र साविक केराबारी गाविस वार्ड नं.१ (हाल केराबारी गापा वार्ड नं. १०) मा रहेको छ । ८६८३ कुल घरधुरी रहेको यस गाउँपालिकाको जनसंख्या ३०४३१ रहेको छ । १० वटा वडाहरुमा विभाजित रहेको यो गाउँपालिकाको पुर्वमा लेटाङ नपा, पश्चिममा सुनसरी जिल्लाको धरान उमनपा, उत्तरमा धनकुटा जिल्लाको चौविसे र साँगुरीगढी गाउँपालिका र दक्षिणमा सुन्दरहरैचा र बेलबारी नपाहरु पर्दछन । समुन्द्र सतहबाट ७५ देखि २४१० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिकाको कुल साक्षरता ६५.४० प्रतिशत रहेको छ । जेफाले भ्यु टावर, सि‌ंहदेवी, महादेव-पार्वती गुफा, पाटी,  सप्तकन्या गुफा, याङशिला तथा ओख्रे भ्यु टावर, पाटी जस्ता पर्यटकीय स्थलहरु रहेको यस गाउँपालिकाको धेरै जसो भुभाग पहाडी डाँडाकाँडाहरुले ढाकेको छ ।

Available Job List